Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएसँगै समर्थकका खुशीयाली छाएको छ । पार्टीको निर्वाचन परिणाम घोषणामा बिहानै उपस्थित भएका उनका पक्षधर कार्यकर्ताहरु नाचगान गरेर खुशी मनाइरहेका छन् ।

हिजो राति मध्यरातमा सम्पन्न भएको निर्वाचनको परिणाम आज बिहान ७ बजे घोषणा गरिएको थियो । जसअनुसार कमल थापालाई पराजित गर्दै लिङदेन विजयी भएका हुन् । निर्वाचन परिणाम घोषणामा अध्यक्षका दुवै उम्मेदवार उपस्थित थिएनन् ।

 

अन्तिमपरिणाम घोषणा भइरहँदा कमल थापाका समर्थकहरू निराश भएर फर्केका थिए भने लिङ्देनका समर्थकहरू खुसीयाली मनाउँदै नाराबाजी र नाचगानमा उत्रेका थिए ।

तपाईको प्रतिक्रिया