Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – साविक विजेता म्यानचेस्टर सिटी शनिबार राति वाटफोर्डलाई ३–१ ले हराउँदै इङ्लिस प्रियिमर लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटी जारी सिजन लिगको शीर्ष स्थानमा उक्लिएको यो पहिलो पटक हो ।

भ्रमणकारी सिटीले रहिम स्टर्लिङको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा ८१ प्रतिशत बल पोसेसन राख्न सफल सिटीका बर्नान्र्डो सिल्भाले ३१औं मिनेटमा अग्रता दोब्बर बनाए । सिल्भाले नै ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । ७४औं मिनेटमा जुवान हर्नान्जडेजले गरेको गोल घरेलु टोली वाटफोर्डका लागि सान्त्वना बन्यो ।

सिटीको लिगमा यो लगातार पाँचौं जित हो । जितसँगै सिटीले १५ खेलबाट ३५ अंक जोडेको छ । जुन दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकले माथि हो । त्यस्तै तेस्रो स्थानको चेल्सीभन्दा दुई अंकले आगाडि हो । पराजित वाटफोर्ड १३ अंकका साथ १७औं स्थानमा छ । जुन रेलिगेशन क्षेत्रको बर्नलीभन्दा तीन अंकले माथि हो । तथापि बर्नलीले एक खेल कम खेलेको छ ।

‘‘अझै पनि यो सुरुआत मात्र हो । हामी लिगको आधासम्म पनि पुगेका छैनौं । अझै कडा मिहिनेत गर्नुपर्छ,’’ लिगमा सात गोल गरिसकेका सिल्भाले भने, ‘‘लिगको दोस्रो स्थानमा हुनुभन्दा शीर्ष स्थानमा हुँदा सधैँ राम्रो लाग्छ । तर, यो धेरै अंकको फरक छैन । लिभरपुल मात्र एक अंकले पछाडि छ भने चेल्सी दुई अंकले मात्र पछाडि छ । तर, हामी राम्रो लयमा छौं र यसलाई निरन्तरता दिन चाहन्छौं ।’’

तपाईको प्रतिक्रिया