Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सार्वजनिक रूपमा दबाब वा लबिङ गरेर एमालेमा रोजेको पद नपाउने जिकिर गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पार्टीभित्र असन्तुष्ट नेता भीम रावल, घनश्याम भुसाललगायत नेतातर्फ संकेत गर्दै थापाले महाधिवेशनअघि पदाधिकारीमा उम्मेदवारी दिएर जतिसुकै तामझाम गरेपनि उनीहरूको प्रयास असफल भएको बताए ।

‘अब स्थायी कमिटी वा पोलिटब्यूरोमा पनि हुने त्यस्तै हो’, सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘कमरेड केपी ओली अध्यक्ष रहेको पार्टीमा अनेक स्वार्थ समूह र गुट बनाएर त्यसरी दबाब दिन जो कोही नलाग्नु नै बुद्धिमत्तापूर्ण होला !’

चितवनमा भएको एमालेको १० औँ महाधिवेशनमा रावल, भुसाल, टंक कार्कीले पदाधिकारीमा उम्मेदवारी दिए पनि पराजित भएका थिए ।

मङ्सिर २५ र २६ मा बस्ने केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्दै छ । ४५ सदस्य स्थायी कमिटी र ९९ सदस्य पोलिटब्यूरोमा पर्नका लागि नेताहरूको दौडधुप चलेको छ ।

तपाईको प्रतिक्रिया