आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – मालीमा गुडिरहेको गाडीमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् ।

बजारतर्फ गइरहेको गाडीको चालकलाई अज्ञात बन्दुकधारीले पहिले गोली हानी मारेका थिए । त्यसपछि आगो लगाएको अधिकारीहरूले बताएका छन् । सोंगो गाउँबाट हरेक साता दुई पटक बजार जाने गाडीलाई बन्दुकधारीले निशाना बनाएका हुन् ।

आक्रमण पश्चिम अफ्रिकाको मोप्ती क्षेत्रको केन्द्रमै भएको हो । महिनौंदेखि त्यस क्षेत्रमा अलकायदा र इस्लामिक स्टेट समूहले अशान्ति मच्चाउँदै आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया