Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – ७५ वर्षको उमेरमा इसाओ काकेहीको स्वास्थ्य राम्रो थियो । सन् २०१३ मा उनले चिसाको काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए । जापानको जोडी मिलाइदिने एउटा निकायमार्फत उनको ६७ वर्षीया ती विधवासँग भेट भएको थियो ।

दुई महिनापछि यो जोडीले विवाह गरे । तर, इसाओ काकेही अर्को वसन्त देख्न पाएनन् । डिसेम्बर २८ मा उनी जापानकी कुख्यात ब्ल्याक विधवाको चौथो सिकार बने । ७४ वर्षीया चिसाको काकेही तीन ओटा पार्टनरको हत्या र चौथोको हत्या प्रयासको अभियोगमा मृत्युदण्ड कुरेर बसेकी छन् ।

उनको हत्या शृङ्खला सन् २००७ बाट सुरु हुन्छ, जतिबेला उनी ६१ वर्षकी थिइन् । सोही अभियोगमा उनी सन् २०१४ मा पक्राउ परेकी थिइन् । लामो सुनुवाइपछि सन् २०१७ मा उनलाई एक अदालतले मृत्युदण्डको फैसला सुनायो । ‘जोडी मिलाइदिने निकायमा पुगेर उनले एकपछि अर्को बद्धसँग सम्बन्ध गाँसेर उनीहरूलाई विष खुवाएर हत्या अनुसन्धानका क्रममा देखिन्छ,’ उनको मुद्दाबारे फैसला गरिरहेका एक न्यायाधीश भन्छन् । ती विधवाले योजनबद्ध ढङ्गले हत्या गरेको उनको भनाई छ ।

यसरी सुरु हुन्छ हत्या शृङ्खला
सन् २०१४ सम्म उनको बारेमा जापानमा विरलै नाम सुनिएको थियो । जापानको दक्षिण पश्चिम सागामा जन्मिएकी चिसा सुरुमा एउटा छपाई सम्बन्धी कारखानामा काम गरेकी थिइन् । उनको २३ वर्षको उमेरमा सन् १९६९ मा विवाह भएको थियो । सन् १९६९ मा पतिको मृत्युपछि उनी विधवा बनेकी थिइन् । पतिको मृत्युपछि उनको हत्या शृङ्खला सुरु भएको थियो ।

सन् २००७ मा उनी ७८ वर्षीय तोसिकाई स्युहिरोसँग सम्बन्धमा रहिन् । सन् २००७ को १८ डिसेम्बरमा काकेही आफ्ना सन्तानसहित स्युहिरोसँग खाना खाँदैथिइन् । त्यहीबेला स्युहिरोको खानामा विष राखिदिइन् । १५ मिनेटमै स्युहिरो अचेत हुन्छन् र केही बेरपछि उनको मृत्यु हुन्छ ।

केही वर्षपछि उनले अर्का पुरुष मासानोरी होण्डाको हत्याको षडयन्त्र बुन्छिन् । ७१ वर्षसम्म मासानोरी होण्डा राम्रो अवस्थामा थिए । सन् २०११ सम्म उनको डायबिटिज सामान्य थियो । सोही वर्ष उनी अकस्मात् उनै विधवा चिसाको काकेहीसँग नजिकिन पुगे । केही समय उनीहरुबीच डेटिङ भयो । अर्को वर्ष उनीहरूले विवाह गर्ने योजना बनाए ।

सन् २०१२ को ९ मार्चमा उनले होण्डालाई स्टोरमा भेटिन् । त्यसपछि दुबैजना आआफ्नो बाटो लागे । सोही दिनको पाँच बजे होण्डाले होस् गुमाए । दुई घण्टापछि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे । उनको रहस्यमय हत्यामा काकेहीको संलग्नता रहेको अदालतको फैसलामा उल्लेख छ । चिसाको काकेहीले सन् २०१३ मा एक क्यान्सर बिरामीलाई रिलेसनमा राखेर केही समयपछि हत्या गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया