Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

काठमाडौँ – के तपाई युएई निवासी एक युवा हुनुहुन्छ ? अब तपाईको शिक्षा पूरा गर्दा १५ वर्षमै कामको अनुभव प्राप्त गर्न खोज्दै हुनुहुन्छ ? दुबईमा नयाँ श्रम कानून चाँडै लागू हुँदैछ । जसले १५ वर्ष उमेरका व्यक्तिहरूलाई यूएईको निजी क्षेत्रले कसरी रोजगारी दिन सक्छ भन्ने विवरण प्रदान गर्दैछ ।

श्रम सम्बन्धको नियमन सम्बन्धी २०२१ को संघीय डिक्री–कानून नम्बर ३३ को धारा ५ ले ’किशोरहरूको रोजगारी’ को विषयलाई समेट्ने बताइएको छ । जहाँ यसले १५ वर्षभन्दा कम उमेरका कामदारहरूको भर्तीलाई स्पष्ट रूपमा निषेध गरेको ।

तर, १५ वर्ष वा सोभन्दा माथिका लागि  त्यहाँ केही कामका अवस्थाहरू भने नयाँ कानुनले व्यवस्था गरेको छ । जुन युवा मानिसहरूको रोजगारीका लागि आवश्यक छ । सीमित कामको अबधि र उनीहरूलाई खतरनाक वा कडा काममा लगाउन नपाइने सर्तसहितको नयाँ कानुन बन्दै छ ।

१५ वर्षको उमेर नपुगेको कुनै पनि व्यक्तिलाई काममा लगाउन निषेध गरिनेछ । किशोरको रोजगारी निम्नमा सशर्त लागू हुने छन् । किशोरको अभिभावक वा अभिभावकबाट लिखित सहमति समेत चाहिने नयाँ युवाहरुका लागि रोजगारी सृजना हुने छ ।

चिकित्सा संस्था द्वारा जारी आवश्यक कामको लागि मेडिकल फिटनेसको प्रमाणपत्र समेत उपलब्ध गराउन पर्ने हुन्छ । कामको वास्तविक घण्टा दिनको छ घण्टा भन्दा बढि काम नलाउन पाइदैन र त्योभन्दा बढी समय काम गर्ने क्षेत्रमा रहेमा एक वा बढी ब्रेकद्वारा कामलाई व्यवस्थित गरिने  छ । जुन कुल मिलाएर एक घण्टाको हुनेछ । कुनै पनि किशोरले लगातार चार घण्टाभन्दा बढी काम नगर्ने गरी यस्तो विश्राम (हरू) मिलाइनेछ ।

म एक किशोरलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काम गर्न नपाइने छ । किशोरलाई कुनै पनि जोखिमपूर्ण वा कडा परिश्रम वा स्वास्थ्य, सुरक्षा वा नैतिकताको लागि हानिकारक प्रकृतिको काममा लगाउन पाइने छैन । त्यस्ता कामहरू सम्बन्धित निकायसँग समन्वय गरी मन्त्रीको निर्णयबाट तोकिनेछ । एक किशोरलाई ओभरटाइम काम गर्न लगाइने छैन र कामको घण्टापछि कार्यस्थलमा राखिने छैन वा विश्राम दिन वा आधिकारिक बिदाहरूमा काममा लगाइने छैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया