काठमाडौँ – अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट अष्ट्रेलिया नडराएको र अहिले तत्काल अष्ट्रेलियामा लकडाउन नहुने बताएका छन् । उनले लकडाउन मात्र नभएर अष्ट्रेलिया तत्काल कडा प्रतिबन्धमा जाने कुरा पनि नभएको बताएका छन् । सावधानी अपनाउन र यो नयाँ भेरियन्टबाट अध्ययन गर्न दुई साता थप सीमा नखोल्ने निर्णय आफूहरुले गरेको पनि उनले बताएका छन् ।
उनले अष्ट्रेलियामा खोप पूर्णरुपमा लगाइएको र आफूहरुले सावधानी अपनाएकाले कडा प्रतिबन्धका कार्यक्रम पनि नआउने बताएका हुन् ।यसअघि अष्ट्रेलियाले १ डिसेम्बरबाट विदेशी यात्रुलाई प्रवेश खुला गर्ने निर्णय गरेको थियो । तर, विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टविरुद्ध अहिलेसम्मका खोपहरुले काम कति गर्छन् भन्ने अध्ययन गर्न बाँकी रहेको बताएपछि अष्ट्रेलियाले थप १५ दिन सीमा बन्द गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री मोरिसनले फेरि लकडाउन गर्नु पर्ने अवस्था नआओस् भन्नका लागि यस्तो गरिएको बताएका छन् ।अहिले विश्वका कम्तिमा पनि २० भन्दा बढी देशमा ओमिक्रोन भेरियन्टका कोरोना संक्रमित भेटिएका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८
प्रकाशित समय: १०:४१:३४