Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – काठमाडौंको सोह्रखुट्टेमा आगलागी भएको छ । नयाँ बजारमा रहेको ब्ल्यांकेटको गोदाममा आगलागी भएको हो ।

शुक्रबार दिउँसो भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरको दमकल खटिएका छन् । त्यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल पनि प्रयोग गरिएको छ ।

बस्तीका बीचमा आगलागी भएकाले अहिले नियन्त्रणको प्रयास जारी रहेको महानगरीय प्रहरी वृ‌त्त सोह्रखुट्टेले जनाएको छ । आगो नियन्त्रणमा आए पछि मात्रै के कारणले आगलागी भयो भन्ने बारे खुल्ने प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया