Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाण्डाै – प्रतिनिधिको विवाद टुङ्गिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा चुनावी प्रक्रिया अघि बढेको छ ।

जिल्लाले पठाएको भन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि छानबिन समिति गठन गरेर विवाद टुङ्ग्याइएको हो । निर्वाचन अधिकृत राजु बस्नेतकाअनुसार प्रतिनिधि विवाद टुङ्ग्याउन सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान, तोरण गुरुङ, जनक प्याकुरेल, श्याम शाही, पुस्कर कार्की, श्यामशरण पाठकसहितको टोली बनाइएको थियो ।

टोलीले टुङ्ग्याएको नामलाई केन्द्रीय निर्वाचन समितिले हिजो बेलुका सार्वजनिक गरेको छ  । मतदाता नामावलीमाथिको दाबी विरोध अहिले बिहान साढे सात बजेदेखि सुरु हुने पनि उहाँले बताउनुभयो । उहाँकाअनुसार अन्तिम नामावली प्रकाशन गरेर बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको छ ।

अब आज उम्मेवारीको अन्तिम नामावली सार्वजनिक गरेर भोलि मात्रै चुनाव हुनेछ ।  अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुने पनि निर्वाचन अधिकृत राजु बस्नेतले बताउनुभयो ।

यसअघि पूर्वानिर्धारित तालिकाअनुसार अस्ति बुधवार मतदाता नामावली प्रकाशन, हिजो बिहीवार उम्मेदवारको मनोनयन दर्ता र आज शुक्रवार मतदान हुने मिति तोकिएको थियो । राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया