Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं –  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अब सबैको ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

आज (बिहीबार) भर्चुअल माध्यमबाट प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै देउवाले केही महिनापछि नै स्थानीय तहको निर्वाचन हुने भएकाले सबैको ध्यान निर्वाचनतर्फ  केन्द्रित हुनुपर्ने बताएका हुन्।

लगत्तै एक वर्षपछि प्रदेश र संघको निर्वाचन हुने जानकारी दिँदै उनले निर्वाचनमा जानुअघि जनताको मन जित्ने गरी नेताकार्यकर्ताहरू लाग्नुपर्नेमा उनले जोड दिए।

लोकतान्त्रिक अभ्यास भएकाले आन्तरिक चुनावमा जित र हार स्वाभाविक प्रक्रिया भएको उनको भनाइ थियो। ‘तपाईंहामीले आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको अभ्यासका रूपमा लिएर आगामी दिनमा जनताको मन जित्ने गरी अघि बढ्नुहुन्छ भन्ने विश्वास लिएको छु,’ देउवाले भने।

मुलुकको विकास र समृद्धि कांग्रेसको नेतृत्वमा मात्रै हुन सक्ने भनी विगतका विविध घटनाक्रमले पुष्टि गरिसकेको उनले स्पष्ट पारे। उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध बन्ने र त्यसका लागि नेपाली कांग्रेसले मात्रै नेतृत्व गर्न सक्ने दाबी गरे।

उनले प्रदेश अधिवेशनमा सहभागीहरूलाई शुभकामना व्यक्त गरे।

तपाईको प्रतिक्रिया