Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं सभामुख अग्निप्रसाद सापकोटासहितको संसदीय प्रतिनिधिमण्डल अन्तर व्यवस्थापिका संघ आइपीयू को १४३ औँ सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्नुहुँदै सभामुख सापकोटाले अन्तराष्ट्रिय सम्मेलनमा नेपालले बहुआयामिक हिसाबले महत्वपुर्ण भएको धारणा राखेको बताउनुभयो ।

नेपालमा संविधान निर्माण देखि हालसम्मको लोकतन्त्रको यात्राका बारेमा विश्व समूदायलाइ जानकारी गराएको बताउनुहुदै सभामुख सापकोटाले शान्तिका लागि सहकार्यलाइ बढाएर जानु आवश्यक रहेको बताउनुभयो । आईपीयू सभा मार्फत एकीकृत प्रयासहरूले शान्ति र सुरक्षा प्रवद्र्धन गर्न र न्यायपूर्ण समाज निर्माण गर्न राजनीतिक नेतृत्वको काममा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिएको सभामुख सापकोटाले बताउनुभयो ।

सम्मेलनका क्रममा असंलग्न राष्ट्रहरुको सभामुखहरुको सम्मेलनमा पनि सभामुख सापकोटा सहभागी हुनुभएको थियो । सम्मेलनमा १२० राष्ट्रको सहभागीता रहेको थियो । फरक प्रसङ्गमा सभामुख सापकोटाले संसद्‍मा देखिएको गतिरोध अन्त्य गर्न आफू केन्द्रित हुने बताउँदै संसद्को कामकारबाहीलाई नियमित गर्न सर्वदलीयलगायत सरोकार पक्षसँग तत्काल बैठक राख्‍ने जानकारी दिनुभयो ।-

तपाईको प्रतिक्रिया