Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गुल्मेली समाज जापान क्षेत्रीय समिति च्युबु क्षेत्र (नागोया)को संयोजक गोविन्दप्रसाद भुसाल चयन भएका छन् । ‘मातृभूमिका लागी जापान बासी गुल्मेलीहरू एक बनौँ’ भन्ने नाराका साथ मंगलबार सर्वसम्मत रूपमा समिति गठन गरिएको हो ।गुल्मेली समाज जापानको भावी कार्य योजना सफल पार्ने अभियान अनुरूप गठन गरेको पहिलो क्षेत्रीय समिति च्युबु क्षेत्र (नागोया)को सहसंयोजकमा सुरज खड्का, सङ्गीता खरेल र बुद्धिमणि खरेल चयन भएका छन् । समितिको सचिवमा भानुभक्त पुरी, सहसचिव उमाकान्त खरेल, कोषाध्यक्ष घनश्याम घिमिरे, सह कोषाध्यक्ष निर्मला रायमाझी रहेका छन् । नारायण घिमिरे, पीताम्बर खरेल, तीर्थ भण्डारीलाई सदस्यमा चयन गरिएको छ ।समिति विस्तार कार्यक्रममा गुल्मेली समाज जापान केन्द्रीय कमिटीका अध्यक्ष महेन्द्रकुमार अधिकारीको सहभागिता रहेको थियो । समाजले कार्यक्रम सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया