बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडाैं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान सबैलाई आग्रह गरेको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वभर फैलिरहेको भन्दै अत्यावश्यक कामबाहेक विदेश यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

हालसम्म उक्त भेरियन्ट नेपालमा फेला नपरेको तर, आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको मन्त्रालयले प्रष्ट पारेको छ । ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न हुन आग्रह गरिएको हो ।

यो भेरियन्ट बढी सङ्क्रमण तथा सबै उमेर समूहका व्यक्तिहरूमा असर पर्ने देखिएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसको सङ्क्रमण रोक्न सबै जना सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्नसमेत सबैमा अनुरोध गरिएको छ । कोभिड-१९ विरुद्धको खोपले कोरोनाबाट बचाउन मदत गर्ने र पायक पर्ने ठाउँमा गएर खोप लगाउनसमेत सबैमा अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया