बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडाैं – राप्रपा अध्यक्ष कमल थापाले नागार्जुनमा राखिएका राजालाई जनताले नारायणहिटीमा ल्याइछाड्ने बताएका छन् । राप्रपाको एकता अधिवेशनमा बोल्दै अध्यक्ष थापाले सदन र सडकको बलमा जनताले नागार्जुनका राजालाई नारायणहिटीमा ल्याइछाड्ने बताएका हुन् ।

‘हामीले सडक र सदन दुवै संघर्षको मैदानलाई प्रयोग गरेर राजतन्त्रको माहोल बनाउनुपर्छ’ उनले भने, ‘संसदीय शक्ति र सडकको शक्ति दुवै प्रयोग गरेर हामीले हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्नुपर्छ ।’ पार्टीको अहिलेको नारा ‘राजा आउँ देश बचाउ’ भन्ने नरहेको बताए । उनले भने, ‘राप्रपाको अहिलेको नारा राजा आऊ देश बचाउ भन्ने होइन । हाम्रो नारा हाम्रो रणनीति भनेको जनता आऊ राजालाई ल्याऊ भन्ने नारा हो ।’

राप्रपाले संसद्मा सम्मानजनक अवस्था आएको दिन काठमाडौंका सडकमा १ लाखभन्दा बढी मानिस उतार्ने बताए । अबको चार वर्षे आफ्नो कार्यकालमा राप्रपालाई बलियो शक्तिको रूपमा स्थापित गर्ने दाबी गरे । ‘चार वर्ष पर्खिनुहोस् । राप्रपालाई एउटा यस्तो शक्ति बनाएर म तपाईँहरूलाई नेतृत्व हस्तान्तरण गर्न चाहन्छु’ थापाले भने ।

तपाईको प्रतिक्रिया