शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको हो ।

आजैदेखि एक महिनाका लागि सबै नयाँ आगमन रोक्ने निर्णय भएको यातायात मन्त्रालयले जानकारी दिएको छ । ‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार गर्न रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’ यातायात मन्त्रालयका एक अधिकारीले भने, ‘विद्यमान बुकिङमा असर पर्ने छैन ।’

जापानको सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा कडा गरिसकेको छ । दश दक्षिण अफ्रिकी राष्ट्रहरूबाट आउने सबै गैर–नागरिकहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । भाइरसको डरले दर्जनौं भन्दा बढी देशहरुबाट आएका नागरिकहरू र विदेशी बासिन्दाहरुका लागि क्वारेन्टाइन उपायहरु पनि कडा बनाइएको छ ।

जापानी अधिकारीहरूका अनुसार ओमिक्रोनको दोस्रो केस बुधबार पेरुबाट आएका यात्रीमा पुष्टि भएको थियो । पहिलो केस, मंगलबार घोषणा गरियो, नामिबियाबाट आएका एक व्यक्ति समावेश थिए । –एएफपी

तपाईको प्रतिक्रिया