शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – क्यानडेली व्यवसायी असिफ अमिरअली अलिभाइ जेठालाई १२ नेपाली महिलाहरु केन्या तस्कर गरेको अभियोगमा पक्राउ गरि ३० वर्षको जेल सजाय सुनाइएको छ । तस्करीका साथै उनीमाथि यात्राका कागजातहरु दुरुपयोग गरेको र मानव तस्करीको प्रचार गरेको समेत आरोप रहेको छ ।

उनीसँग क्यानडा र ब्रिटेन दुई देशको पासपोर्ट थियो । शान्जु कानुन अदालतले उनलाई तीनवटै अभियोगका लागि ३० वर्षको कूल सजाय सुनाएको छ । यति मात्र नभएर जेठालाई एक देखि १० लाख सोमाली शिलिङको जरिवाना पनि लगाइएको छ । उनले वर्क परमिट बिना व्यवसाय सञ्चालन गर्ने गरेको र अवैध रुपमा विदेशीहरुलाई नियुक्त गर्ने गरेका थिए ।

अदालतका अनुसार जेठाले शोषण गर्ने उद्देश्यले नेपाली चेलीहरुलाई नजरबन्दमा राखेका थिए । अन्तर्राष्ट्रिय संगठित अपराधिक युनिटका अनुसन्धानकर्ताहरुले २०१९ मा मोम्बासास्थित उनको रंगीला ग्रिल एण्ड बारमा छापा मारेर सबै चेलीहरुको उद्धार गरेको हो ।

तपाईको प्रतिक्रिया