शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं – म्याग्डालेना एन्डरसन पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुन: स्वीडेनकी प्रधानमन्त्री नियुक्त भएकी छन् । अल्जजीराका अनुसार म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा दिएकी थिइन् ।

उनको बजेट विपक्षीले अस्वीकार गरेपछि राजिनामा दिएकी थिइन् । गठबन्धनमा अति दक्षिणपन्थी पार्टी समेत समावेश थियो। यसअघि, मध्य-वामपन्थी सामाजिक लोकतान्त्रिक पार्टीकी नेता म्याग्डालेना एन्डरसन चुनावपछि देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

उनको पहिलो ऐतिहासिक कार्यकाल करिब सात घण्टाको थियो । ‘संवैधानिक अभ्यासअनुसार कुनै दलले सरकार छोडेमा गठबन्धन सरकारले राजीनामा दिनुपर्छ,’ उनले भनिन् । ‘मेरो लागि, यो सम्मानको कुरा हो, तर म त्यस्तो सरकारको नेतृत्व गर्न चाहन्न जहाँ यसको वैधतामा प्रश्न उठाउने आधार होस्,’ उनले आफ्नो फेसबुकमा लेखेकी छिन् ।

यद्यपि, एन्डरसनले हालैका दशकहरूमा स्वीडेनका सबैभन्दा कमजोर सरकारलाई नेतृत्व गर्ने अपेक्षा गरिएको छ। यसबाहेक, एन्डरसनको बजेट आप्रवासी विरोधी स्वीडेन डेमोक्र्याट सहित तीन विपक्षी दलहरूले तयार गर्नेछन् ।

तपाईको प्रतिक्रिया