Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – एमालेको १० औँ महाधिवेशन आउँदो चुनावमा धेरै जनादेशसहित राज्यको नेतृत्वदायी पार्टीको रूपमा स्थापित हुने उद्घोष गरेको छ । मंगलबार सम्पन्न १० औँ महाधिवेशनले प्रस्ताव पारित गर्दै यस्तो उद्घोष गरेको हो ।

महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित प्रदीप ज्ञवालीले १७ बुँदे उक्त प्रस्ताव वाचन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार दिन दिनै गैर जिम्मेवार बन्दै गएको आरोप लगाएका छन् । ‘वर्तमान राष्ट्रिय हित र जनताप्रति गैर जिम्मेवार बन्दै गएको छ । दिनदिनै राष्ट्रिय हितमा प्रहार हुँदा पनि मौन बसेको छ’, एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले भने, ‘राज्यका तीनै अंगमा गम्भीर समस्या देखा परेको छ । महँगी बढेको छ । तर सरकार यी कुरामा गम्भीरता नदेखाई गैर जिम्मेवार बनिरहेको छ ।’

महाधिवेशनले अहिले राज्यका तीन वटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ । तीन वटा अंगबीच विश्वास गुम्दै गएको उल्लेख गरेको हो । महाधिवेशनले महाधिवेशनले एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम नगर्न सरकारका ध्यानाकर्षण गराएको छ । महाधिवेशनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरेर पीडितलाई न्याय र सजाय दिने दायित्वबाट सरकार आलटाल गरिरहेको उल्लेख गर्दै अविलम्ब पुरिपुरण गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया