Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको आगामी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा पेश गरेको लिखित मन्तव्यमा अध्यक्ष डा. लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङ्देनको पक्षमा उभिएको बताएका हुन् ।

लोहनीले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा तर सम्भव नदेखेकोले लिङदेनको पक्षमा उभिएको बताए । उनले अध्यक्षहरू कमल थापा र पशुपति शमशेर राणालाई पनि अभिभावकी भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गरेका छन् ।

राप्रपाको महाधिवेशन १५ मंसिरबाट सुरु हुँदैछ । महाधिवेशनमा यसअघि कमल थापा र राजेन्द्र लिङ्देनले भावी अध्यक्षमा उम्मेदवारी घोषणा गरिसेका छन् । यसअघि थापा पक्षमै रहेका लिङ्देनले अब राप्रपालाई नयाँ ढङ्गबाट अघि बढाउने भन्दै नेतृत्वमा आउन चाहेको बताएका थिए । अध्यक्ष थापाले अब पार्टी विभाजन हुन नदिने भन्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया