Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – नेकपा (एमाले) को नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। मतदान अधिकृत हरिप्रसाद भण्डारीले मतदान सकिएको बताए। भण्डारीका अनुसार २०७० मत खसेको छ। तर, पुनः रुजुको काम भइरहेको छ।

कूल दुई हजार १५३ मतदातामध्ये दुई हजार ७० मतमात्र खसेको हो। केही प्रतिनिधि सोमबार नै जिल्ला फर्किएको अनुमान गरिएको थियो। मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। अध्यक्ष केपी शर्मा ओलीले मतदान प्रारम्भ गरेका थिए।

नेता शेरबहादुर तामाङले महाधिवेशन प्रतिनिधि फर्किएकाले भोट कम खसेको बताए। उनले भने, ‘कतिपय साथीहरुले भनेरै घर जानुभयो। कति बिदा मागेर जानुभयो भन्ने रेकर्ड राखेका छौँ। घर जाने साथीहरु पार्टीप्रति अविश्वास भएर जानु भएको होइन।’

महाधिवेशनमा १९ पदाधिकारीका लागि २३ जनाबीच प्रतिस्पर्धा भइरहेको छ। अध्यक्षमा ओली र भीम रावलबीच प्रतिस्पर्धा छ। यस्तै, ६ उपाध्यक्षका लागि ७ जना र ७ सचिवका लागि ९ जनाको उम्मेद्वारी परेको छ।

यस्तै, खुलातर्फका ८४ केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेद्वारी परेको छ। यस्तै, भूगोल अन्तर्गतको प्रदेश १ को महिला र खुलामा पनि चुनाव भएको हो। सुदूरपश्चिम प्रदेशको महिला क्लष्टरमा पनि चुनाव भएको हो। निर्वाचन आयोगका अनुसार केहीबेरमा मतगणना सुरु हुनेछ। आयोगले दिउँसो २ बजेसम्म सम्पूर्ण प्रक्रिया सक्ने जनाएको छ।

 

तपाईको प्रतिक्रिया