बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024

काठमाडौंनेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसलाई एक बनाएर अघि बढ्ने दाबी गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घायुका लागि कांग्रेस एक हुनुपर्ने उनको दाबी छ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घायुका लागि नेपाली कांग्रेसले जित्नुपर्छ। जितका लागि नेपाली कांग्रेस एक हुनुपर्छ। ’सभापतिको उम्मेद्वारी घोषणा गरेका निधिले सामाजिक सञ्जालमार्फत भने, ‘मैले सभापतिमा जितें भने कांग्रेसलाई एक बनाएर अघि बढ्न सक्छु। संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घायुका लागि नेपाली कांग्रेसले आउँदो चुनावमा जित्नु जरूरी छ।’

उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीता अनि शान्ति र अहिंशाको बाटो फराकिलो बनाउन कांग्रेसकै नेतृत्व आवश्यक भएको उनको भनाई छ। ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीता अनि शान्ति र अहिंशाको बाटो फराकिलो बनाउन कांग्रेसकै नेतृत्व आवश्यक छ। जितका लागि कांग्रेस एक हुनुपर्दछ।’उनले भने‘मैले सभापतिमा जितें भने कांग्रेसलाई एक बनाएर अगाडि बढ्छु। त्यसैले वडादेखि केन्द्रसम्मका साथीहरूले मलाई समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ।’

तपाईको प्रतिक्रिया