बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ अस्ट्रेलियामा भेटिएपछि सावधानी अपनाउन भन्दै सीमानाका बन्द गरिएको छ । सोमबार अबेर आपतकालिन रुपमा बसेको राष्ट्रिय मन्त्रिपरिषद् र राष्ट्रिय सुरक्षा समितिको बैठकले आगामी १५ डिसेम्बरसम्म सिमाना नखोल्ने निर्णय गरेको हो ।

कोरोनाको नयाँ भेरियन्टबारे यथेष्ट जानकारीहरू उपलब्ध भइनसकेकाले तत्कालै जोखिम लिन नसकिने आंकलन गरेर सीमा नखोल्ने निर्णय गरिएको हो । अस्ट्रेलियाको प्रमुख स्वास्थ्य अधिकारी पल केलीको सुझाव अनुसार सरकारले यस्तो निर्णय गरेको हो । दुई हप्ताको समयमा यस भाइरसको प्रभाव, खोपको असर मूल्यांकन गरेर नयाँ निर्णय लिने बताइएको छ ।

यसबीचमा पनि पूर्ण मात्रा खोप लगाएका नागरिक, पिआरधारी तथा उनीहरूको नजिकको परिवारका सदस्यहरू अष्ट्रेलिया जान पाउँछन् । यसअघि डिसेम्बर १ बाट अस्ट्रेलियाले विद्यार्थी लगायत २८ वटा भिसाधारीका लागि सिमाना खुल्ला गर्ने निर्णय गरेको थियो । तर, आजको निर्णयले फेरि यसलाई उल्ट्याए पछि अस्ट्रेलिया जाने टिकट लिएर बसेका नेपाली विद्यार्थीहरू पनि समस्यामा पर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया