Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा (एमाले) को चितवन सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशित गरिएको छ । प्रकाशित तालिकाअनुसार आज राति ९ बजे मतदानको कार्यक्रम राखिएको छ ।

चितवनको सौराहस्थित होटेल सेभेन स्टारको हलमा आज राति ९ देखि १ बजेसम्म मतदान गर्ने गरी प्रकाशित कार्यतालिकामा उम्मेदवारउपर उजुरी दिन १५ मिनेट समय तोकिएको छ । यस्तै, उजुरीउपर छानबिन र निर्णयका लागि भने पाँच मिनेटको समय निर्धारण गरिएको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको सूचनामा मतदान सम्पन्न भएपश्चात १४ गते नै मतगणना गरिने, सोही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम रहेको छ । यसअघि आज अपरान्ह ४ बजेसम्म नाम फिर्ताको लागि समय दिइएको छ भने ४ः५ मा अन्तिम नामावली प्रकाशन हुँदैछ ।

एमालेमा केपी ओलीविरुद्ध अध्यक्षमा भीम रावलले चुनौति दिएका छन् भने ओलीले चयन गरेको नामावलीविरुद्ध घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । एमालेको जारी दशौं महाधिवेशन अन्तर्गत वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

हेर्नुस् निर्वाचन तालिका :-

तपाईको प्रतिक्रिया