Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा (एमाले) का नेता घनश्याम भुसालले नेतृत्वले गल्ती गर्दा कार्यकर्ताले सच्चाउने बताएका छन् । कार्यकर्ताको विवेकको मतले आफूले जित्ने ग्यारेन्टी रहेको उनको दाबी छ । नेकपा (एमाले) भित्र सिद्धान्त ज्युँदो छ भन्ने सन्देश दिन भनेर आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

सौरहामा सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकार सम्मेलन गर्दै भूसालले भने, ‘पार्टीभित्र सिद्धान्त ज्युँदो छ, पार्टीभित्र माक्र्सवाद ज्युँदो छ, विचार ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’ कहीँ पार्टीले गल्ती गरिहाल्यो भने पार्टीलाई सुधार्ने पनि कार्यकर्ताको लामो परम्परा रहेको उनले बताए । भने, ‘त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो ।’

उनले लोकतन्त्रमा पार्टी कुनै व्यक्तिको कब्जामा हुन नसक्ने बताए। ‘लोकतन्त्रमा पार्टी कसैको कब्जामा हुँदैन, लोकतन्त्रमा यस्तो देखिनु गलत हो। १० बुँदे भनेरमात्रै नबुझ्दिनु होला, हामी सबै स्वतन्त्र छौं,’ भुसालले भने। भुसालले सधैँ झैँ आफू अहिले पनि पार्टीलाई यसका विचार, सिद्धान्त, यसका नीतिहरू सही बनाउन ध्यान दिनु कम्युनिस्ट पार्टीका लागि सर्वथा महत्त्वपूर्ण हुने कुरामा जोड दिएको बताए ।

पार्टीमा गल्तीहरु हुँदै आएको र गल्तीका अरु सम्भावनाहरु पनि रहेको भन्दै नेता भूसालले त्यसलाई रोक्न पनि आफ्नो उम्मेदवारी जरुरी रहेको तर्क गरे । उनले भने, ‘नवौँ महाधिवेशनदेखि औपचारिक रूपमा हाम्रो विचार, कार्यदिशा अनुसार पार्टी अगाडि बढिरहेको छ ।’ समृद्धि र समाजवादलाई नवौँ महाधिवेशनले समृद्ध नेपाल र सुखी नेपाली भनेको चर्चा गर्दै उनले त्यसका लागि कार्यक्रम नहुने हो भने कार्यदिशाले मात्र कुनै उपलब्धि दिन नसक्ने दाबी गरे ।

नेकपा एमाले जत्तिको समृद्ध पार्टी, यत्तिको लोकतान्त्रिक पार्टी, यत्तिको क्रान्तिकारी पार्टी, क्रान्तिकारी जनमतलाई एक ठाउँमा ल्याएको पार्टी अर्को कुनै नरहेको उनको दाबी छ । ‘यसअर्थमा नेकपा एमालेले बेला बेलामा गल्ती गरेको छ । तर त्यसले बेलैमा यसलाई सुधारेको छ,’ उनले भने, ‘किनभने यसका तमाम कार्यकर्ता, समर्थक, शुभचिन्तकहरू जहिलेसुकै परिवर्तनको पक्षमा, क्रान्तिको पक्षमा, श्रमजीवी वर्गको पक्षमा खडा छन् ।’ उनीहरूले पार्टीलाई गल्ती गर्न नदिने पनि भुसालको दाबी छ । ‘कहीँ पार्टीले गल्ती गरिहाल्यो भने पनि त्यसलाई सुधार्ने कार्यकर्ताको लामो परम्परा छ,’ उनले भने, ‘त्यो परम्परा नै मैले जित्ने ग्यारेन्टी हो ।’

तपाईको प्रतिक्रिया