शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च जापान, गुन्मा-तोचिगी क्षेत्रीय समितिको अध्यक्षमा राकेश बिमली सर्वसम्मत चयन भएका छन् । आइतबार तोचिगी केनको उत्सुमोनिया शहरमा सम्पन्न दोस्रो क्षेत्रीय अधिवेशनबाट बिमलीको अध्यक्षमा २१ सदस्सीय समिति चयन गरिएको हो ।समितिको उपाध्यक्षमा बिमन किराँती, अनिल रावल, गोकुल घिमिरे, सङ्कल्प थिंग लामा चयन भएका छन् । सचिवमा श्रीधर पन्थी तथा सहसचिवमा सुजन आङ्बो र कर्मा दोंग चयन हुँदा कोषाध्यक्ष अभिषेक रायमाझी छन् । समितिमा १२ सदस्यहरू छन् ।अधिवेशन प्रवास सङ्गठनका सदस्य अरुण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा राष्ट्रिय कमिटी अध्यक्ष हवल् चन्द्र लामाको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया