Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका भीम रावलले साँझ ७ बजेका लागि बन्द सत्र बोलाएकोप्रति आशङ्का व्यक्त गरेका छन् । आइतबार बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने भनिएपछि दिनभर बस्न सकेन । बन्द सत्र साँझ ७ बजे बोलाइएको छ ।

रावलले दिनभर बन्द सत्र नगरेको र साँझ ७ बजे बोलाएर अध्यक्ष ओलीले धाँधली गर्न खोजेको आरोप लगाएका छन् । रावलले सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो । यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ ।’

रावलले अध्यक्षमा दाबी गरेपछि अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिनभर सहमतिको प्रयासका लागि भन्दै नेताहरूसँग छलफल गरेका थिए । आफ्नै समूहका नेताहरू सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष एवं विष्णु पौडेल र शंकर पोखरेलले महासचिव पदमा दाबी गरेका छन् । नेम्वाङले वरिष्ठ उपाध्यक्ष आफूलाई बनाउन नभए निर्वाचनमा जान भन्ने सन्देश ओलीलाई पठाएका थिए । अन्य पदमा पनि सर्वसम्मत गर्नका लागि ओलीले दिनभर छलफल गरेका छन् । जसका कारण बन्द सत्र नै अगाडि बढ्न सकेको छैन ।

तपाईको प्रतिक्रिया