Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – झापाको कन्काई पुलको रेलिङमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार मध्याह्न साढे १२ बजे कन्काई नगरपालिका-८ स्थित कन्काई नदीको पुलमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी कन्काई-७ का १७ वर्षीय उत्सव पौडेलको मृत्यु भएको छ । गम्भीर घाइते पौडेलको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा दिउँसो १ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यले जानकारी दिए ।

पत्ति भाँचिएर अनियन्त्रित भएको बस पुलको उत्तरतर्फको रेलिङमा ठोक्किएको हो । अगाडिको एउटा चक्का पुलको रेलिङ भत्काएर झुण्डिएको बस नदीमा खस्नबाट जोगिएको छ । घाइते १२ जनाको बिर्ता सिटी र ११ जनाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया