शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – यूके, जर्मनी र इटलीमा कोभिड-१९ को नयाँ भेरिअन्ट ओमिक्रोन पत्ता लागेको छ । यूकेमा शनिबार दुई ओटा ओमिक्रोन केस पत्ता लागेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताए । दक्षिण अफ्रिका यात्रा गरेका व्यक्तिमा सङ्क्रमण देखिएको उनले जानकारी दिएका छन् ।

यस्तै जर्मनीको बाभारिया राज्यका स्वास्थ्य मन्त्रीले पनि त्यहाँ नयाँ भेरिअन्टको दुई वटा सङ्क्रमण पुष्टि भएको बताएका छन् । इटलीको नेशनल हेल्थ इन्टिट्युटले मोजाम्बिकबाट आएका एक जनामा नयाँ भेरियन्टको सङ्क्रमण देखिएको बताएको छ ।

नयाँ भेरिअन्ट पत्ता लागेसँगै यूकेले सुरक्षा मापदण्डमा कडाइ गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले अर्को हप्तादेखि पसलहरू र सार्वजनिक यातायातमा फेरि एक पटक माक्स अनिवार्य (म्यान्डेटरी) गर्ने घोषणा गरेका छन् ।

यूके प्रवेश गर्ने सबैको पीसीआर परीक्षण गरिनेछ र नयाँ भेरिअन्टको केस देखिएमा पूर्ण खोप लगाएको भए पनि सेल्फ-आइसोलेसनमा बस्नै पर्नेछ । नयाँ मापदण्ड अस्थायी र पूर्व सावधानीयुक्त भएको जोन्सनले बताए । यूकेले यसअघि नै दक्षिण अफ्रिकासहित ६ अफ्रिकी मुलुकमा यात्रा प्रतिबन्ध लगाइसकेको छ ।

तपाईको प्रतिक्रिया