Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) को अनुमतिपत्र खारेज गरिदिएको छ । व्यवसायी अजेयराज सुमार्गीको लगानी रहेको हेलो नेपालले २०७७ /७८ को कित्ताको बक्यौताबापत करिब ३२ करोड रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले अनुमति पत्र खारेज गरेको स्रोतले जानकारी दिएको छ ।

यसअघि पनि प्राधिकरणले २०७६ मा बक्यौता नतिरेको भन्दै हेलो नेपालको अनुमतिपत्र खारेज गरेको थियो । प्राधिकरणको उक्त निर्णयविरुद्ध हेलो नेपालले सरकारलाई गुहारेको थियो । प्राधिकरणको अनुमतिपत्र खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले अस्वीकार गर्दै हेलो नेपाललाई बक्यौता पाँच किस्तामा (एक वर्षको एक कित्ता) तिर्ने निर्णय २०७६ साल पुसमै गरेको थियो । मन्त्रिपरिषद्ले तोकिएको कित्तामा हेलो नेपालले रकम नबुझाए कानूनअनुसार कारबाही गर्ने अख्तियारी प्राधिकरणलाई दिएको थियो ।

मन्त्रिपरिषद्कै निर्णयमा रहेर प्राधिकरणले दोस्रो पटक हेलो नेपालको अनुमतिपत्र खारेज गरिदिएको हो । किस्ता प्राधिकरणले पछिल्लो पटक हेलो नेपाललाई १५ दिनको स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्राधिकरणलाई गत शुक्रबार हेलो नेपालको अनुमति पत्र खारेज गर्ने निर्णय गरेको छ ।

हेलो नेपालले सरकारलाई विभिन्न शीर्षकका बक्यौताबापत करिब ८० करोड रुपैयाँ बुझाउन बाँकी छ । हेलो नेपालले प्राधिकरणको पछिल्लो निर्णयविरुद्ध सञ्चार मन्त्रालयमा पुनः निवेदन दिन सक्ने जनाइएको छ । हेलो नेपालले आधारभूत दूरसञ्चार सेवाअन्तर्गत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा सेवा दिन प्राधिकरणबाट अनुमति पाएको थियो ।

तपाईको प्रतिक्रिया