शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको छ । १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छँदा ७९ रनमा समेटियो ।

नेपालका लागि इन्दु वर्माले सर्वाधिक १५ तथा सीता रानामगरले १३ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । युएईका लागि समाइरा धर्निधर्काले ४, चमानी सिनेभिरत्न र खुसी शर्माले समान २-२ तथा चाया मुघलले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा  ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । युएईका लागि चमानी सिनेभिरत्नले अर्धशतकीय पारी खेलिन् । ३६ बलको सामना गरेकी उनले ७ चौकाको मद्दतमा ५२ रन बनाइन् ।  तीर्थ शतिसले ४७ र काभिसा इगोडागेले २२ रनको योगदान दिए ।

नेपाका लागि कविता कुँवरले २ तथा संगीता राई, सीता रानमगर र सवनम राईले १-१ विकेट लिए । यो नजितासँगै छनोटमा शतप्रतिशत जित हात पारेको युएईले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्दा नेपालको सपना भने अधुरै रह्यो ।

तपाईको प्रतिक्रिया