शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानले थप ३ अफ्रिकी राष्ट्रका लागि प्रवेश नियम कडा बनाउने भएको छ । दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरस भेरियन्ट फेला परेपछि जापानले मोजाम्बिक, मलावी र जाम्बियालाई प्रवेश नियम कडा बनाएको हो ।

शनिबार प्रधानमन्त्री फुमियो किशिदाले सीमा नियन्त्रण उपायहरू दृढताका साथ लागू गरिएको बताएका थिए यसअघि बोत्स्वाना, इस्वाटिनी, लेसोथो, नामिबिया, दक्षिण अफ्रिका र जिम्बाब्वे गएका यात्रुहरूलाई १० दिन क्वारन्टीन अनिवार्य गरेको छ । १० दिनको अवधिमा, तोकिएका देशहरूका यात्रुहरूले आफ्नो आगमनको तेस्रो, छैटौं र १० औं दिनमा कोरोनाभाइरस परीक्षण गर्नुपर्छ ।

दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट हालसम्म हङकङ, बेल्जियम र इजरेल सहितका देशहरूमा फैलिएको पाइएको छ । बेलायत दक्षिणी अफ्रिकी देशहरूबाट उडानहरू स्थगित गर्ने पहिलो देश हो ।

तपाईको प्रतिक्रिया