बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियलमाथि सहज जित निकालेको छ। एल मड्रिडगल स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली भिल्ला रियलमाथि ३-१ गोलअन्तरको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४८ औं मिनेटमा फ्रेन्की डी जोङको गोलमा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। तर ७६ औं मिनेटमा भिल्लारियलका सामुएल चुकवुएजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। यता बार्सिलोनाका मेम्फिस डिपेले ८८ औं मिनेटमा गोल थप्दै टोलिलाई फेरि अग्रता दिलाए। त्यस्तै इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै फिलिपे काउन्टिन्होले गोल गरे।

जितसँगै बार्सिलोना ७ खेलबाट २३ अंक जोडेर अंकतालिकाको सातौ स्थानमा उक्लिएको छ। त्यस्तै १६ अंक जोडेको भिल्ला रियल तालिकाको १२ औं स्थानमा छ। तालिकाको शीर्षस्थानमा ३० अंक जोडेको रियल मड्रिड छ।

 

तपाईको प्रतिक्रिया