Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैँ – नेकपा एमालेका नेता अध्यक्ष केपी ओलीनिकट नेता गोकुल बाँस्कोटाले जारी महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । सहमतिको प्रयास जारी रहे पनि चुनावको सम्भावना रहेको भन्दै शनिबार उनले सचिवमा उम्मेदवारी दिने बताएका हुन् ।

‘निर्वाचन हुने सम्भावना बढेको छ । हामीले जतिसक्दो सहमतिमै टुंग्याउने भनेका छौँ,’ बाँस्कोटाले भने, ‘तर, त्यो सम्भावना कम देखियो ।’ भीम रावललगायत नेताप्रति लक्षित गर्दै उनले भने, ‘‘कमरेडहरूले उम्मेदवारी फिर्तै लिनुभएन भने त हुने निर्वाचन नै त हो नि !’

अहिले एमाले त ओलीमय भएको दाबी गर्दै उनले भने, ‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्धति हो । तर, डेफिनेट्ली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ ।’

तपाईको प्रतिक्रिया