शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – भारत सरकारले अमेरिकी अर्बपति एलन मस्कको इन्टरनेट कम्पनिलाई प्रतिबन्ध लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मस्कको इन्टरनेट कम्पनी स्टारलिंकलाई भारत सरकारले प्रतिबन्ध लगाएको हो ।

भारत सरकारले स्टारलिंकले नियम पालना नगरेको भन्दै तत्काल देखि लागु हुने गरि प्रतिबन्ध लगाएको बताइएको छ । स्टारलिंग मस्कको अन्तरिक्ष कम्पनि स्पेसएक्सको एक सहायक कम्पनि हो जसले सेटेलाइटबात इन्टरनेट सुबिधा दिने गर्दछ ।

भारतमा गत नोभेम्बर १ मा दर्ता भएर आफ्नो विज्ञापन र सेवाको बुकिंग शुरु गरेको थियो । यद्यपी स्टारलिंकलाई सेवा प्रदान गर्ने लाइसेन्स भने अहिलेसम्म उपलब्ध भएको थिएन ।

तपाईको प्रतिक्रिया