Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

काठमाडाैँ – नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै शुरु हुन सकेको छैन । सौराहको होटेल सेभेन स्टारमा बिहानैदेखि शुरु गर्ने भनिए पनि अहिलेसम्म बन्द सत्र शुरु भएको छैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आन्तरिक छलफलमा भएकाले समयमै बन्द सत्र शुरु हुन नसकेको एमाले नेताहरूले जानकारी दिएका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णयले पूर्णता नपाएका कारण बैठक बस्न ढिला भएको हो ।

बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको भए पनि क्लस्टर मिलाउन बाँकी रहेकाले बन्द सत्र शुरु गर्न केही ढिला भएको एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार कुन क्लस्टरबाट कति जना सहभागी हुने भन्ने छुट्याउन बाँकी रहेको छ ।
बन्द सत्र शुरु भएपछि आजै नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ । यसपटक एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयासमा गरिएको छ । त्यसैका लागि पदाधिकारी संख्या थप गरिएको छ । यस्तै विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ ।

अब एमालेमा १९ पदाधिकारी रहनेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव छन् । ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । पदाधिकारी थप गरिए पनि सहमतिका लागि सकस देखिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशनको बन्द सत्र शुरु हुनुअघि नयाँ नेतृत्व चयनमा सर्वसम्मति जुटाउन शीर्ष नेताहरूसँग बैठक गरिरहेका बेला अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारीमा रहेका उपाध्यक्ष भीम रावल भने छुट्टै छलफल गरिरहेका छन् ।

ओली आफू बसेको सौराहास्थित पार्क सफारी रिसोर्टमा छलफल गरिरहेका छन् भने रावल करिब ४ सय मिटर पर आफू बसेकै होटलमा आफू निकट नेताहरूसँग बैठक गरिरहेका एक नेताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया