Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – नेपाली कांग्रेसको १४औं सभापति पदमा उम्मेदवार बन्ने भएका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने कारणहरू बताएका छन् ।सभापति पदमा फेरि दोहोरिन प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले तयारी गरिरहेका बेला सिंहले नेतृत्व गर्नुपर्ने तीन कारण बताएका हुन् ।

पहिलो कारण- १३औं महाधिवेशनपछि कांग्रेस कमजोर भयो । कमजोर हुँदा लोकतान्त्रिक प्रणालीमा  असर पर्‍याे । दुई-दुईपटक कम्युनिस्ट सरकारले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिदियो ।

दोस्रो कारण- पार्टी विधिवत र नियमसम्मत चलेन ।

तेस्रो कारण- कम्युनिस्ट सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको सफल कार्यान्वयन गरेन । कांग्रेसको नेतृत्वमा जारी भएको उक्त संविधानको सफल कार्यान्वयन गर्नुपर्ने पनि कांग्रेसकै जिम्मेवारी रहेको र वर्तमान नेतृत्वबाट त्यो सम्भव हुँदैन ।

काठमाडौं कांग्रेस सभापति कृष्ण (सबुज) बानियाँ नेतृत्वको नयाँ निर्वाचित समितिलाई शनिबार बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले वर्तमान सभापति दोहोरिए कांग्रेसलाई आगामी निर्वाचनमा गाह्रो पर्ने पनि बताए । त्यही भएर पार्टीलाई आगामी निर्वाचनमा जिताएर बहुमतको सरकार गठन गर्न र सामान्य जनताको पनि जीवन परिवर्तन गर्न सभापति पदमा उम्मेदवारी घोषण गरेको बताए । उनले कांग्रेस कमजोर हुँदा दुई-दुईपटक संसद् विघटन गर्ने दुस्साहस कम्युनिस्ट सरकारबाट भएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया