बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – शेयर बजारमा बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा रहेको छ । नेपाल टेलिकमको कुल बजार पुँजीकरण २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । नेप्सेमा १५ करोड कित्ता सूचीकृत रहेको यो कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ४८४ रुपैयाँ पुगेको छ ।

कारोबारको अन्तिम दिन यो कम्पनीको सेयरभाउ १९ रुपैयाँले उकालो लागेको छ । बजार पुँजीकरणको हिसाबले दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । नबिल बैंकको कुल बजार पुँजीकरण २ खर्ब १२ करोड रुपैयाँ रहेको छ ।

नेप्सेमा १३ करोड ८४ लाख कित्ता बढी सेयर सूचीकृत नबिलको बिहिबार अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ५३८ रुपैयाँ कायम भएको छ ।  विहिबार बैंकको सेयरभाउ ७ रुपैयाँले ओरालो लागेको छ । बजार पुँजीकरणका हिसाबले नेपाल पुनर्बीमा कम्पनी तेस्रो स्थानमा रहेको छ । यो कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया