शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं – दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरिअन्ट हङकङमा समेत भेटिएको छ । केही दिनअघि भल्भ भएको मास्कको कारण सङ्क्रमण सरेको पाइएका व्यक्तिमा उक्त भेरिअन्ट देखिएको हो ।

पहिलो पटक हङकङमा उक्त सङ्क्रमण देखिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । बिहीबार हङकङको स्वास्थ्य विभागले सङ्क्रमितको जिनोम सिक्वेन्सिङ गर्दा नयाँ भेरिअन्ट पुष्टि भएको हो ।

उक्त भेरिअन्ट सबैभन्दा धेरै उत्परिवर्तित (म्युटेट) भएको बताइएको छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरिअन्टलाई ‘न्यु’ नाम दिन सक्ने अनुमान छ । अहिलेसम्म विश्वभर उक्त भेरिअन्ट नौ जना मानिसमा देखिएको छ। जसमध्ये ६ जना दक्षिण अफ्रिका र तीनजना बोत्स्वानामा नागरिक छन् ।

अहिलेसम्म उक्त भेरिअन्टबारे स्पष्ट जानकारी आइसकेको छैन । तर, उक्त भाइरस सबैभन्दा धेरै उत्परिवर्तित भएकाले धेरै सङ्क्रामक पनि हुन सक्ने वैज्ञानिकहरूले आशङ्का व्यक्त गरेका छन् । अहिले भेटिएको नयाँ भेरिअन्टमा कोरोना भाइरसमा ३२ प्रोटिन म्युटेसन देखिएको छ ।

भेरिअन्ट फैलिरहँदा बेलायतले दक्षिण अफ्रिकी ६ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने भएको छ । बेलायतले नयाँ भेरिअन्ट नभित्रियोस् भनेर ६ वटा अफ्रिकन देशहरुको आवगमनमा प्रतिबन्ध लगाएको हो ।

तपाईको प्रतिक्रिया