शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – आईसीसी महिला टी-२० विश्वकपको एशिया क्षेत्रको छनोटमा मलेशियालाई पराजित गर्दै नेपाल अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । दुबईमा शुक्रबार भएको खेलमा नेपालले मलेशियालाई ६ विकेटले पराजित गरेको छ ।

मलेशियाले दिएको ९३ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १८.२ ओभरमा पूरा गरेको हो । नेपालका लागि सीता राना मगरले ३०, रुविना क्षेत्रीले २०, सरिता मगरले १५, कविता कुँवरले १०, इन्दु बर्माले चार र अप्सरा बेगमले एक रनको योगदान दिए । मलेशियाका लागि आइसा इलिसाले एक विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेशियाले सात विकेटको क्षतिमा ९२ रन बनाएको थियो । मलेशियाका लागि एल्सा हन्टरले ३९, मस इलिसाले १४ र युस्रिना याकुपले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन् ।

नेपालका लागि आज पनि बलरले उत्कृष्ट खेल प्रदर्शन गरे । सवनव राईले दुई तथा कविता कुँवर, सीता राना मगर र रुविना क्षेत्रीले एक-एक विकेट लिए । यो जितसँगै नेपाल ६ अङ्क सहित शीर्षस्थानमा उक्लिएको छ । नेपालले चार खेलमध्ये एकमा हार र तीनमा जित निकालेको छ ।

तपाईको प्रतिक्रिया