Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुइल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन् । चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुइल्याउने कार्य बन्द गर्नुपर्ने उनको भनाइ छ । देश र जनताका लागि पनि राजनीतिक दलबीच एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष केसीले पनि महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया