Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ । उनलाई शुक्रबार चीनकोथर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको हाे ।

विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार नआएपछि चीन लगिएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले बताए । नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शिला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरू आजै मध्यान्ह अस्पताल पुगेर उपचार सुरु हुने बताइएको छ । ​

थाइल्यान्डमा रहँदा चिकित्सकहरूले उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए । नेपालबाट बैंकक जाँदा जन्डिस (बिलरुविन)को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जन्डिससँगै शरीरका अन्य अङ्गहरूमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लगिएकाे हाे ।

नेपालमा रहँदा ललितपुरस्थित सुमेरु अस्पताल र ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र पार्टीको सल्लाहमा बैंकक गएका हुन्। यसअघि जन्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको बैंकस्थित सोही अस्पतालमा उपचार भएको थियो ।

तपाईको प्रतिक्रिया