Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एमाले रहँदासम्म लोकतन्त्रको भविष्यमा तलमाथि नहुने बताएका छन् । चितवनमा जारी १०औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले एमालेको पुनर्जागरण र पुनर्उदयको अभियानले देशलाई आश्वस्त तुल्याएको बताए । ‘नेकपा एमाले पुनर्जागरण र पुनर्उदयको अभियानले देशलाई आश्वस्त तुल्याएको छ कि नेकपा एमाले रहुञ्जेल देश तलमाथि हुन पाउने छैन । लोकतन्त्र, जनताको भविष्य तलमाथि हुन पाउने छैन’ उनले भने ।

उनले चितवनमा महाधिवेशन गरेर यो ठाउँको महत्त्वलाई उजागर गर्न लागेको बताए । उनले चितवन वामपन्थी र लोकतान्त्रिक आन्दोलनको केन्द्र बिन्दु रहेको बताए । ‘यो महाधिवेशन गर्न हामीले चितवन रोज्यौँ विभिन्नले विभिन्न अर्थ लगाएका छन् । देशकै मध्य भागमा पर्ने जिल्ला चितवन वामपन्थ र लोकतान्त्रिक आन्दोलनको केन्द्र विन्दु हो । चलन चलनचल्तीका भाषामा भन्नुपर्दा चितवन ७८ औँ जिल्ला अर्थात् ७७ जिल्लाका मानिस बसोबास गर्ने ठाउँ । यो ठाउँमा महाधिवेशन गरेर चितवनको महत्त्वलाई उजागर गर्न खोजेका छौँ’ उनले भने ।

तपाईको प्रतिक्रिया