शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानको राष्ट्रिय पुलिस एजेन्सीले सार्वजनिक गरेको तथ्यांक अनुसार याकुजा समूहको सदस्य संख्या २०२० मा २५,९०० पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २,३०० जनाले घटेको हो । याकुजा समूहको सदस्यता संख्या लगातार सोह्र वर्ष देखि घट्दै आएको छ । र सन् २०२०को यो संख्या अहिलेसम्म कै सबैभन्दा कम सदस्यता संख्या हो ।

सन् २०२०मा जापानका सबै प्रमुख याकुजा समूहको सदस्य संख्यामा कमि देखिएको छ । जापानको सबैभन्दा शक्तिशाली मानिएको यामागुची –गुमी याकुजा ग्याङमा गत बर्षको तुलनामा ४०० जना सदस्य घटेर ८२०० पुगेको छ । त्यस्तै सुमियाशी–काई नामको याकुजा समूहमा ३०० जना घटेर ४५०० जना पुगेको छ । इनागावा–काईमा १०० घटेर ३३०० ; कोबे यामागुची–गुमीमा ५०० घटेर २५०० र किजुना–काईमा १२० सदस्य घटेर ४९० पुगेको छ ।

यी पाँच मुख्य याकुजा समूह बाहेकका अन्यमा पनि सदस्यताको संख्या घटेको छ ।

याकुजा नाम गरेको संगठित समूह जापानमा निकै खतरनाक मानिन्छ । हजारौं सदस्य रहेको याकुजा यस्तो समूह हो जसले सन् २०१५ भन्दा अगाडी सम्म जापानमा आपराधिक क्रियाकलाप गर्न कानुनी छुट नै पाइरहेको थियो । याकुजा स्थापनाको एक शताब्दी भन्दा बढी समय भइसकेको छ ।

तपाईको प्रतिक्रिया