बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – बन्दा भन्ने वितिकै हामी सबै जना चिरपरिचत छौ । बन्दा स्वादका लागि मात्र नभइ स्वास्थका लागि पनि फाइदा जनक मानिन्छ । यसमा कैयौं औषधीय गुण हुन्छन् । जापानमा सलादका रुपमा अत्यधिक  प्रयोग गरिन्छ । जसले हामीहरुलाई निरोगी बनाउँछ ।

बन्दामा रहेका केही सुक्ष्म तत्वले हाम्रो शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ ।

बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।

बन्दाले राम्रो कोलेस्ट्रोलको मात्रा (एचडीएल) बढाउने र खराब कोलेस्ट्रोल घटाउने गर्छ । यससँगै बन्दाको जुसले मुटुको धमनीमा रगत बाक्लो हुने समस्याबाट समेत मुक्त गराउँछ ।

कमजोर दृष्टि भएका बन्दालाई आफ्नो खानाको एउटा महत्वपूर्ण अंश बनाएर दृष्टिमा सुधार ल्याउन सक्छन् ।

बन्दालाई पकाएर भन्दा काँचै खाँदा फाइदा हुन्छ । पकाएर खाँदा यसमा भएका पोषकतत्व नष्ट हुन्छ । यसलाई सलादको रुपमा प्रयोग गर्दा धेरै फाइदा हुन्छ ।

तपाईको प्रतिक्रिया