बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडाैं – भारतको उत्तराखण्ड राज्यमा एक प्रेमीले आफ्नी प्रेमिकासहित तीन जनाको हत्या गरेको खबर बाहिर आएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार प्रेमिकाको अर्कै व्यक्तिसँग विवाह हुन लागेपछि उनले प्रेमिकासहित तीन जनाको हत्या गरेका हुन् ।

ती प्रेमीले धारिलो हतियार प्रहार गरी प्रेमिकासहित उनकी आमा र बुवाको हत्या गरेका हुन् । धारिलो हतियारबाट मृतक प्रेमिकाकी बहिनी पनि घाइते भएकी छिन् ।

प्रहरीका अनुसार हत्या गरेर उनी फरार भएका छन् । उनले आफ्ना साथीहरूसँग मिलेर हत्याकाण्ड मच्चाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फरार भएसँगै प्रहरीले उनीबारे सूचना दिने व्यक्तिलाई ५० हजारको पुरस्कार घोषणा समेत गरेको खबर आजतकमा छ ।

तपाईको प्रतिक्रिया