Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतमले बरु नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेको तर केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन् ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु हुनु अघिल्लो दिन नेता गौतमले बीबीसीसँगको अन्तर्वार्तामा ओलीले आफूलाई नेतृत्वका लागि आग्रह गर्ने सम्भावना पनि नरहेको र आफूले पनि कम्तीमा उनी रहुन्जेल एमालेमा फर्किने कुरा नसोचेको बताए । ओलीले एमालेको नेतृत्वमा फर्किनुस् भनेर आग्रह गर्ने आशा छ भनेर बीबीसीले सोधेको प्रश्नमा गौतमले भने, ‘आशाको एउटा सानो त्यान्द्रो पनि छैन, त्यसो उहाँले गर्दै गर्नु हुन्न । त्यो चरित्र चाहिँ छैन । कमरेड केपी ओलीले जिन्दगीमा आत्मालोचना गरेको कहिले मलाई थाहा छैन । कसैलाई पनि उहाँले लगाएको गुन तिर्नु हुन्न, काम लगाउने हो लगाउने हो लगाउने हो, त्यसपछि फाल्दिने हो ।’

बरु एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवाद लागु गराउन आफू प्रयत्नरत रहेको उल्लेख गर्दै त्यसमा प्रवेश गर्ने सम्भावना रहेको तर केपी ओली रहँदासम्म आफू एमालेमा नजाने उनले दोहोर्‍याए ।

अन्तर्वार्ताकारले यो उमेरमा राजनीतिक जीवनमा यस्तो वियोगान्त भोग्नुपर्ला वा राजनीतिबाट बहिर्गमनमा पर्नुहोला भनेर सोच्नुभएको थियो भनेर सोध्दा नेता गौतमले त्यसलाई अस्वीकार गर्दै नयाँ पार्टी खोल्ने अथवा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको बताएका छन् । उनले भने, ‘पार्टी बन्न सक्छ नि कस्तो कुरा गर्नु भएको तपाईँले ! जनताको बहुदलीय जनवाद एकीकृत समाजवादीमा समावेश गराउन प्रयत्न गरिरहेको छु, पार्टीमा प्रवेश गर्न सक्छु ।’ एमालेमा नि भन्ने प्रश्नमा गौतमले भनेका छन्, ‘केपी ओली रहँदासम्म एमालेमा म जाँदैन ।’

तपाईको प्रतिक्रिया