बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा नेपालले ५ खर्ब ६८ अर्ब बढिको व्यापारघाटा व्यहोरेको छ। भन्सार विभागले बुधबार प्रकाशित गरेको तथ्यांक अनुसार यो घाटा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशत बढी हो।
नेपालले सो अवधिमा विभिन्न देशबाट ६ खर्ब ५० अर्ब २९ करोड १३ लाख रुपैयाँ बराबरको आयात गर्दा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको मात्र निर्यात गरेको हो।

यस अवधिमा नेपालको आयात निर्यातको अनुपात ७ दशमलव ९२ प्रतिशत छ यो गत आवको सोही अवधिको तुलनामा २० दशमलव ९१ प्रतिशतले कम हो। तथ्यांक अनुसार कात्तिकसम्म सबैभन्दा बढी ३४ अर्ब ३३ करोड रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले १८ अर्ब ७५ करोड रुपैयाँको कच्चा भटमास तेल, १८ अर्ब ६६ करोड रुपैयाँको पेट्रोल, १७ अर्ब ६६ करोड रुपैयाँको अर्धतयार फलाम तथा स्टिलका उत्पादन र १७ अर्ब ४३ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ।

नेपालले सबैभन्दा धेरै भारतबाट तीन खर्ब ८६ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ। त्यसपछि चीनबाट ९४ करोड ३० लाख, इन्डोनेसियाबाट २३ अर्ब २६ करोड, अर्जेन्टिनाबाट १९ अर्ब ९१ करोड र संयुक्त अरब इमिरेट्सबाट १८ अर्ब ३८ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांक छ।

गत कात्तिकमा नेपालले ४० अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो। यसबीचमा नेपालले सबैभन्दा धेरै २६ अर्ब ४० करोड रुपैयाँको भटमास तेलको निर्यात गरेको छ। त्यसपछि सात अर्ब १९ अर्ब रुपैयाँको प्रशोधित पाम तेल, तीन अर्बको गलैँचा, दुई अर्ब ३१ करोड रुपैयाँको ऊनीका उत्पादन निर्यात भएको देखिन्छ ।

तपाईको प्रतिक्रिया