Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – स्वीडेनको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी माग्दालिना एन्डर्सनले १२ घण्टा नबित्दै राजीनामा दिएकी छन्। प्रधानमन्त्री बनेकी सोसल डेमोक्र्याटिककी माग्दालिनाले गठबन्धन भंग भएपछि पद सम्हालेको १२ घण्टा पनि नहुँदै राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सरकार केही घण्टामै ढलेसँगै स्वीडेन फेरि राजनीतिक अस्थिरतातर्फ धकेलिएको छ। गठबन्धनमा रहेका सहयोगी दलले साथ छोडेपछि बजेट पास हुन सकेन र एन्डर्सन राजीनामा दिन बाध्य भइन्। संसदनमा एन्डर्सनले ल्याएको नभई विपक्षीले ल्याएको बजेटका पक्षमा बढी मत खसेको हो। विपक्षीको बजेटमा आप्रवासीविरोधी व्यवस्था छ।

संसदलगत्तै एन्डर्सनले सभामुखलाई आफूले राजीनामा दिने जानकारी गराएको बताएकी थिइन्। उनले आफू एक दलकै बहुमतमा पुनः प्रधानमन्त्री बन्ने आशा रहेको बताएकी छन्।

तपाईको प्रतिक्रिया