Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – निर्देशक तथा चर्चित कोरियोग्राफर रेनशा​ वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रेनशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् ।​

रेनशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएकी थिइन् । तीनजना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेदवारी परेको थियो ।

यो कोटाबाट चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्ग (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए । महाधिवेशन प्रतिनिधिको दौडमा चौथो भएकी सरिता श्रेष्ठले (४२२) र पाँचौ भएकी निराशाले (३४३) मत पाए ।

इलामको चुलाचुली पुर्ख्याैली घर भएकी रेनशा केही समयअघि मात्रै इलाम आएकी थिइन् । उनी ‘इन्टुमिन्टु लन्डनमा’ चलचित्रकी निर्देशक हुन् । उनले धेरै गीतमा कोरियोग्राफी गरेकी छन् । १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील रेनशा आफ्नो क्षेत्रमा स्थापित छिन् ।

तपाईको प्रतिक्रिया