Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – चीनले भारतसँगको सीमानजिकै अत्याधुनिक हतियार प्रदर्शन र सैन्य परीक्षण गरेको छ । चिनियाँ सेनाले उचाइमा प्रयोग हुने हतियारसहित आइतबार सैन्य परीक्षण गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका लडाकुले काराकोरम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सैन्य परीक्षण गरेको हो । जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा चल्ने गाडी, मोटार्स, ग्रिनेड, लन्चर, एन्टी ट्यांक मिसाइललगायतका हयितार परीक्षण गरेको हो ।

चीनले आफ्ना सेनालाई उचाइमा हतियारसहित लड्न सक्ने तालिम प्रदान गरेको विज्ञहरुले बताएका छन् । सैन्य परीक्षण गरेको क्षेत्र दुई वर्षअघि चीन र भारतका सेनाबीच झडप भएको दोक्लामनजिक पर्छ । भारतसँगको सीमामा आफ्नो सशक्त उपस्थिति जनाउन र आवश्यक परे भारतीय भूमि अतिक्रमण गर्न चीनले सैन्य परीक्षण गरेको मकाउस्थित सैन्य विश्लेषक एन्टोनी वोङ तोङले बताउँछन् ।

जनमुक्ति सेनाको नयाँ हतियार प्रणालीले भारतीय सुरक्षा चौकी, सैन्य सामाग्री र अन्य निशानालाई ध्वस्त पार्ने बेइजिङस्थित युयान वाङ मिल्ट्र साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका अनुसन्धानकर्ता झोउ चेनमिङ बताउछन् ।

नयाँ दिल्लीको पनि आफ्नै तयारी
सीमा क्षेत्रमा नयाँ भारतीय सेनाले पनि आफ्नो उपस्थिति सशक्त बनाएको छ । दुई देशलाई छुट्ट्याउने लाईन अफ कन्ट्रोलमा भारतीय पक्षबाट पछिल्लो समयमा सडक र पूर्वाधार निर्माण गरिएका छन् । भारतले केही महिनाअघि मात्र एमआईजी-२९युपीजी र एसयु-३० एमकेआई लडाकु जेट परिचालन गरेको थियो । भारतीय सेनाले उचाइमा उड्ने अत्याधुनिक ड्रोन किन्ने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया